दुई बर्षपछि भाैतिक रूपमै एसईई परीक्षा शुरू

- बागलुङ जिल्लाभरका १४२ बिद्यालयबाट कुल ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित छन् ।

-


     हिडन खबर    
     वैशाख ९ गते २०७९ मा प्रकाशित


कोभिडका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यश बर्ष देखि भाैतिक रूपमै बागलुङ जिल्लाका परीक्षा केन्द्रहरूमा शुरू भएको छ । शुक्रबारदेखि शुरू भएको एसईई परीक्षाको पहिलो दिन बिद्यार्थीले अनिवार्य अंग्रेजी बिषयकाे परीक्षा दिएका छन् ।

बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक बिद्यालय र ३२ निजी बिद्यालय १ वटा खुला बिद्यालय गरि १४२ वटा बिद्यालयका कुल ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयाे ।

यसपटकको एसईई परिक्षा बागलुङ जिल्लाकाे ३१ वटा केन्द्रबाट बिद्यार्थी सामेल हुने परिक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ३७ जना सहायक केन्द्राध्यक्ष, २४५ निरक्षक जना, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहायक र ४६५ जना सुरक्षाकर्मी खटिएको प्रमुख उपाध्यायले हिडनखबरलाइ बताउनुभयो । यसपटक २ जना अपाङ्गता भएका बिद्यार्थी, ५ जना संस्कृत तर्फका बिद्यार्थी, प्राविधिक धारका १० वटा बिद्यालयका २५५ जना बिद्यार्थी समेत एसईई परीक्षामा सहभागी भएका छन् ।

काेराेना भाइरस फैलिएको कारण दुई बर्ष सम्म एसईई परीक्षा बिद्यालयले आन्तरिक रूपले गर्दै आएको थियो ।यसपटक काेराेना जाेखिम कम भएपछि भाैतिक रूपमै एसईई परीक्षा लिएको हाे । तर जोखिम निम्तिन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड सेनिटाइजर, माक्सको प्रयोग अनिवार्य गारिएको प्रमुख उपाध्यायले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले आफ्नो फेसबुक मार्फत जानकारी गराएको सुचना