बागलुङमा एसईई परिक्षाकाे तयारी पूरा

-


     हिडन खबर    
     वैशाख ८ गते २०७९ मा प्रकाशित


बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस कोभिडका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन हुन लागेको छ ।

बैशाख ९ गतेदेखि हुने एसईई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय ईकाई बागलुङले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक बिद्यालय र ३२ निजी बिद्यालय १ वटा खुला बिद्यालय गरि वटा बिद्यालयका ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित हुँदै गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयाे ।

यसपटकको एसईई परिक्षा बागलुङ जिल्लाकाे ३१ वटा केन्द्रबाट बिद्यार्थी सामेल हुने परिक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ३७ जना सहायक केन्द्राध्यक्ष ,निरक्षक २४५ जना ,४९ जना परीक्षा सहायक कार्यालय सहायक ९८ जना र ४६५ जना सुरक्षाकर्मी खटिने उपाध्यायले बताउनुभयो ।यसपटक २ जना दृष्टि बिहिन बिद्यार्थी ,५ जना संस्कृत तर्फका बिद्यार्थी ,प्राविधिक धारका १० वटा बिद्यालयका २५५ जना बिद्यार्थी एसईई परीक्षामा सहभागी हुदै छन् ।

परीक्षाको निरीक्षण ,अनुगमन ,राष्ट्रिय परीक्षा बाेर्ड कक्षा १० ,प्रदेश परीक्षा समन्वय समितिका पदाधिकारी ,जिल्ला समन्वय समितिका पदाधिकारी ,शिक्षा विकास तथा समन्वय इकाई बागलुङ र स्थानीय तहका ताेकिएका पदाधिकारी र कर्मचारी बाट हुने ब्यवस्था गरिएको छ ।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको छ । आउँदो बैशाख २० गते भित्रै परीक्षा सम्पन्न हुनेछ । स्थानिय निकायको चुनाव बैशाख ३० गतेको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ। यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ। यस्तै बोर्डले बैशाखमा एसईई परीक्षा सकी आउदो जेठमा कक्षा १२ को परीक्षा पनि तुरुन्तै गर्ने तयारी गरेको छ।

विद्यालय तहको परीक्षा प्रदेश तहमा हस्तान्तरण हुनुपर्ने संसदीय समितिको निर्देशनबीच एसईई सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा तालिका सार्वजनिक गर्दै देशभरका करिब २,००० परीक्षा केन्द्रहरूबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको जनाएको छ।

सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहेपनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयाे ।