माओवादीबाट गलकोट नगरको मेयर उप मेयरकाे नाम सिफारिस

-


     राजनीतिक व्यूरो    
     वैशाख ८ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति पार्टीहरू उमेदवार छनाैटमा लागेका छन् ।नेपाली कांग्रेस माआ‌ेवादी केन्द्र ,राजमाे र एकीकृत समाजवादी बिच गठबन्धन गरेर निर्वाचनमा जाने भनेर छलफल भइरहे पनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्केपछि दलहरू आआफ्नो पार्टीको तर्फबाट नाम सिफारिस गर्नेमा ब्यस्त हुन थालेका छन् ।
नेकपा माओवादी केन्द्र गलकोट नगर समितिले गलकोट नगरपालिकाको नगर प्रमुखको लागि ६ जनाको नाम नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिलाई सिफारिस गरेको छ ।


नगर प्रमुखको लागि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती, उपाध्यक्ष गायक विष्णु खत्री र नगर कमिटी उपाध्यक्ष गंगा भुजेलकाे नाम नगरमा सर्वसम्मत हुन नसकेपछि सिफारिस गरेको हाे ।

नगरसमितिले गलकोट नगरपालिकाको उप प्रमुखमा नगरको उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्र दक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौशिला घर्ती र नगर कमिटी सदस्य ललिता थापाको नाम प्रदेशलाई सिफारिस गरेको छ ।