३८ हजार घुस सहित प्रहरी अधिकृत पक्राउ

- अख्तियारले विपत व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी निरीक्षक रुपनारायण महतोले सेवाग्राही सँग ३८ हजार घुसरकम लिँदैगर्दा रङ्गेहात पक्राउ गरेको हो

-


     हिडन खबर    
     वैशाख ७ गते २०७९ मा प्रकाशित


बागलङमा घुस लिँदै गर्दा एक प्रहरी अधिकृत पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ हजार घूस रकमसहित प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई पक्राउ गरेको हो ।
आयोगको प्रदेश कार्यालयबाट खटिएको टोलिले बागलुङको विपत व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी निरीक्षक महतोले सेवाग्राही सँग मुद्दा मिलाइदिने भन्दैघुस रकम लिँदैगर्दा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय पोखराका प्रवक्ता श्यामप्रसाद भण्डारीले हिडन खबरलाई बताउनुभयो ।

मंगलबार बेलुकी पक्राउ परेका महतोलाई आयोगले बुधबार सार्वजनिक गरेको हो ।

महतोले लेनदेन मुद्दा मिलाइदिने भन्दै २ जना सेवाग्राहीलाई पैसा मागेपछि उनीहरु अख्तियारलाई खबर गरेका थिए ।

यस अघी जिल्ला प्रहरी कार्यालय बागलुङमा घुमुवा प्रहरीको रुपमा समेत काम गरेका महतोले सादा पोसाकमा बजारमा निस्केर सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको गुनासो समेत थियो ।

पक्राउ परेका महतोलाई आयोगले बुधबार नै आयोगको केन्द्रीय कार्यालय टंगालमा पठाइसकेको प्रबक्ता भण्डारीको भनाई रहेको छ ।

नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूती गराउने प्रहरी नै सेवाग्राहीलाई सास्ती दिई उल्टै घुस लिएको घटनाले आम नागरिक स्तरमा चिन्ता बढेको छ ।