
राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नगर प्रमुख ,उप प्रमुख र वडा अध्यक्ष पदका आकांक्षीले पार्टीमा आफ्नो दाबी पेश गरेका छन् ।
जिल्लामा दुईवटा प्रमुख पार्टी गठबन्धन बनाएर निर्वाचनमा जान लागेको बेला राप्रपाले स्थानीय तहमा गठबन्धन गरेर जानकाे लागि एमाले र कांग्रेस दुबै पार्टी संग वार्ता चलाइरहेको राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काले बताउनुभयो ।एमाले र कांग्रेस मध्य एकवटा संग गठबन्धन हुन सक्ने संभावना रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
बागलुङ नगरपालिकाकाे लागि राप्रपा बाट नगर प्रमुख पदमा राप्रपाका उपाध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ ,जिल्ला कार्यसमिति सदस्य सन्जय खड्का ,र राप्रपा प्रवक्ता सुर्दशन पन्त ,उप प्रमुखमा बागलुङ नगरपालिका कार्यपालिका सदस्य सन्जु नेपाली ,राप्रपा प्रदेश सदस्य पार्वती शर्माले आआफ्नो दाबी पेश गरेकाे राप्रपाका अध्यक्ष खड्काले बताउनुभयो ।
बागलुङ नगरपालिकाकाे वडा अध्यक्षमा वडा नम्बर १ यादव प्रसाद शर्मा ,वडा नम्बर २ मा दुर्गा बहादुर खत्री ,वडा नम्बर ३ मा ईश्वर जंग राजभण्डारी ,दिलबहादुर किसान ,कमला कुमारी खड्का ,र जय राजभण्डारी ,वडा नम्बर ४ मा टीकाराम सापकोटा ,सुरज खड्का ,रणबहादुर पाैडेल ,डिल्ली प्रसाद आचार्य ,वडा नम्बर ५ मा केशव सापकोटा ,देवकी सापकोटा ,भीमप्रसाद उपाध्याय ,वडा नम्बर ६ मा डिल्ली प्रसाद आचार्य ,र सुरज सुवेदी ,वडा नम्बर ७ मा मानबहादुर कार्की ,सुदीप गाैतम ,वडा नम्बर ८ मा हरिबहादुर कार्की ,वडा नम्बर ९ मा सम्मबहादुर कार्की ,बिनाेद खड्का ,नरबहादुर केसी ,वडा नम्बर १० मा राेमन्त मल्ल ,नवीन सर्वुजा ,वडा नम्बर ११ मा रत्न बहादुर थापा र गाेपाल थापा ,वडा नम्बर १२ मा नारायण शर्मा ,कृष्णप्रसाद शर्मा कमल नेपाली ,वडा नम्बर १३ मा गाेमा रिजाल ,पशुराम रिजाल ,वडा नम्बर १४ मा कुलप्रसाद सिग्देल महेन्द्र जिसी र गाेविन्द प्रसाद शर्मा आकांक्षी रहेको राप्रपाले जनाएको छ ।
स्थानीय तहमा उमेदवार दिने राप्रपाका उमेदवारले नजिकैको मन्दिरमा गएर म भ्रष्टाचार गर्दिन भन्ने कसम खाएर मात्रै निर्वाचन कार्यालयमा मनाेनयन दर्ता गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।









