‘शिवांश : च्याप्टर–१’को छायांकन पोखराबाट सुरु, फलामको साङ्लोमा बाँधिएका नायक

-


     हिडन खबर    
     वैशाख ३० गते २०८२ मा प्रकाशित


काठमाडौं —बैशाख ३०

पछिल्लो समय नेपाली चलचित्रमा फरक स्वाद र शैली ल्याउने प्रयास भइरहेका बेला नयाँ चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन विधिवत रूपमा सुरु भएको छ।

पोखराको लामाचौरस्थित ऐतिहासिक अकला मन्दिरमा पूजा अर्चना गरेर शुभ साइतमा छायांकन सुरु गरिएको हो। निर्देशक सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन रहेको यो चलचित्र अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति हो।

चलचित्रका निर्माता अञ्जान केसीका अनुसार पोखराका विभिन्न स्थानमा करिब एक महिनासम्म छायांकन चल्नेछ। कथा पनि उनी स्वयंले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् भने पटकथा बारत लिम्बूले तयार पारेका हुन्।

मुख्य कलाकारहरूः
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन्। साथै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौरौटे, उदय कुमार सुब्बा, टिका निरौला, कुन्दन लगायतका कलाकारहरू पनि पर्दामा देखिनेछन्।

केही समयअघि सार्वजनिक गरिएको पोस्टरमा नायक प्रवीण खतिवडालाई फलामको साङ्लोले बाँधिएको देखाइएको थियो। पोस्टरमा उनले शक्ति संघर्षका क्रममा विरोधीको नियन्त्रणमा रहेको संकेत गरिएको छ। तर, कथावस्तुको विषयमा भने निर्माणपक्षले हालसम्म कुनै औपचारिक जानकारी दिएको छैन।

सङ्गीत र प्रविधिः
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रहनेछ भने संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको हुनेछ। स्वर मिलन नेवार, समीक्षा अधिकारी र शिवाकोटीकै रहनेछ। द्वन्द्व निर्देशन मिलन श्रेष्ठको हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले सम्हाल्नेछन्।

प्राविधिक टिमः
भीएफएक्स डाइरेक्टरको रूपमा विराज खड्का रहनेछन् भने आदेश सुब्बा (गुडरेज पिक्चर्स) भीएफएक्स प्रोड्युसरको भूमिकामा छन्। कस्ट्युम कमल मिश्र, मेकअप एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको हुनेछ।

डीओपी सरद महतो, स्क्रिप्ट डक्टर सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा तथा प्रोडक्सन म्यानेजर मिलन मानन्धर छन्। आर्ट डाइरेक्टर र डिजाइनर प्रतीक चौधरी रहेका छन्।

पोस्ट प्रोडक्सनको जिम्मा चलचित्र चौतारी ले लिएको छ भने वितरणको काम डिजिटल सिनेमा नेपाल (DCN) ले गर्नेछ। चलचित्र असोज २४ गते देशभर प्रदर्शनमा आउनेछ।