“कल्ले लान्छ र मलाई” सार्वजनिक, आशा बिसीको स्वरमा राजु परियारको शब्द–संगीत

-


     हिडन खबर    
     वैशाख २९ गते २०८२ मा प्रकाशित


काठमाडौं –बैशाख २९
नेपाली लोकदोहोरी संगीतको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ। युट्युब लगायत डिजिटल प्लेटफर्महरूमा धमाधम गीतहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा चर्चित गायिका आशा बिसीको सुमधुर स्वरमा “कल्ले लान्छ र मलाई” बोलको गीत सार्वजनिक भएको छ।

प्रेम र पिरतीका भावनालाई समेटिएको यस गीतमा लोकप्रिय गायक राजु परियारको शब्द र संगीत सुन्न सकिन्छ। गायक परियारकै लयमा आशा बिसीले एकल गायन गरेकी छन्, जसले गीतलाई अझै भावपूर्ण बनाएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

गीतको म्युजिक भिडियोमा जुना विश्वकर्मा र बद्रि प्रसाद तिवारीले अभिनय गरेका छन्। भिडियोको निर्देशन बिशाल घिमिरेले गरेका छन् भने कोरियोग्राफी मुकेश नेपाली, छायांकन अजय रेग्मी र सम्पादन मियन विश्वकर्माको रहेको छ।

“कल्ले लान्छ र मलाई” बोलको गीत ‘आशा बिसी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। लोक संगीतप्रेमीहरूको मन जित्न सफल यस गीतले सामाजिक सञ्जालमा पनि राम्रो प्रतिक्रिया बटुलिरहेको छ।