
बागलुङ बैशाख १८
१३६ आैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले धाैलागिरि प्रादेशिक अस्पतालमा उपचारर्थ बिरामीको स्वास्थ लाभको कामना गर्दैन फलफूल वितरण गरेर मनाएकाे छ ।
बागलुङ सदरमुकाममा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिकाे आयोजनामा श्रमको सम्मान गराै श्रम शक्ति नै राष्ट्र शक्ति भन्ने नारा साथ आयोजना भएको कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गरिरहेका बिरामीहरूलाई
अस्पतालमै पुगेर फलफूल प्रदान गरिएको ट्रेड युनियनले जनाएको छ ।
२७ वटा विभिन्न संस्थामा आबद्ध ब्यक्तिहरूकाे हकहितको लागि ट्रेड युनियन कांग्रेसले आवाज उठाउदै आएको छ यहाँ घरमा काम गर्ने मजदुर देखि अस्पतालमा काम गर्ने डाक्टर साहेव हरू समेत रहेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष ईश्वर ठाकुर पाैडेलले बताए ।
हरेक बर्ष छुट्टाछुट्टै कार्यक्रम गरि मजदुर दिवस मनाउँदै आएको ट्रेड युनियन कांग्रेसले यसपटक धाैलागिरि अस्पतालमा उपारार्थ भर्ना भएका ४५ जना बिरामीहरूलाई
स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको थियो ।
कार्यक्रममा धाैलागिरि प्रादेशिक अस्पतालका डाक्टर अमित ढुंगाना ,नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका बिभागीय प्रमुख शकुन्तला शर्मा लगायतका बक्ताहरूले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अस्पतालमा उपचार गरिरहेका बिरामी लाई फलफूल वितरण गर्नु सामाजिक उत्तरदायित्वकाे काम भएको धारणा राखेका थिए ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।
यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले विविध कार्यक्रमका साथ मनाउदै आएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष ईश्वर ठाकुर पाैडेलकाे
अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टीका घर्तीकाे स्वागत र सचिव वीर बहादुर किसानकाे संचालनमा सम्पन्न भएको थियो ।











