बेनी नगरपालिकाकाे नगर प्रमुखमा एमालेका ४ जनाको दाबी

-


     हिडन खबर    
     वैशाख ४ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति दलहरू उमेदवार छनाैट गर्न ब्यस्त देखिन्छन् ।गण्डकी प्रदेशको म्याग्दी जिल्लाकाे बेनी नगरपालिकाकाे नगर प्रमुख पदमकाे लागि ४ जनाकाे दाबी पेश भएको छ ।

एमाले गण्डकी प्रदेश सदस्य प्रमाेद कुमार श्रेष्ठ एमाले गण्डकी प्रदेश सदस्य ,सन्तोष रावल ,एमाले जिल्ला सचिव सुरज केसी र,एमाले बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीले बेनी नगरपालिकाकाे नगर प्रमुख पदमा आआफ्नो दाबी कायमै राखेपछि पार्टीले ४ जनाको नाम नेकपा एमाले गण्डकी प्रदेशमा पठाउने निर्णय गरेको एक नेताले हिडन खबरलाइ बताउनुभयो ।
१० वटा वडा रहेको बेनी नगरपालिकाकाे नगर प्रमुख बन्नकाे लागि यतिबेला एमाले भित्र ठूलो रस्साकस्सि चलिरहेको देखिन्छ ।गत स्थानीय तहको निर्वाचनमा एमालेका उमेदवार प्रमाेद श्रेष्ठ नेपाली कांग्रेसका उमेदवार हरिकुमार श्रेष्ठ संग ४५ मतको अन्तरले पराजित हुनुभएको थियो ।