
प्रतिगमन बिरूद्व गठन भएको ५ दलीय गठबन्धन यतिबेला पेचिलाे बन्दै जान थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन आउन ४ साता बाकी रहदै गर्दा बागलुङ जिल्लामा गठबन्धनमा रहेका राजनीति दल नेपाली कांग्रेस ,माआेवादी केन्द्र ,राजमाे ,एकीकृत समाजवादी ,जनता समाजवादी पार्टीको गठित संयुक्त कार्यदलकाे बैठक नियमितरूपमा बसेपनि अहिलेसम्म भागबन्डाको स्वरूप तयार पार्न नसकेको वार्ता टाेलीका एक सदस्यले हिडन खबर लाई बताउनुभयाे ।
बागलुङ जिल्लाकाे १० वटा स्थानीय तह मध्य ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिका लाई के कसरी भागबन्डा गर्ने भन्ने बारे पटकपटक बैठक बसेपनि अहिलेसम्म निष्कर्ष निकाल्न सकेको छैन ।बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,जैमुनी नगरपालीका ,ढाेरपाटन नगरपालिका ,प्रमुख राजनीति पार्टीले आआफ्नो दाबी गरिरहेकाे कारण बाडफाडमा समस्या देखिएको ।
नेपाली कांग्रेसले बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,जैमुनी नगरपालिका,ढाेरपाटन नगरपालिका ,निसी खाेला गाउँ पालिका ,तमान खाेला गाउँ पालिका बडिगाड गाउँ पालिका र काठखाेला गाउँ पालिकामा दाबी गरेकाे वार्ता कार्यदलका सदस्यले बताए ।
माआेवादीले गलकाेट नगरपालिका र ताराखाेला गाउँ पालिका र निसी खाेला गाउँ पालिका पाउनुपर्ने दाबी रहेको बताए ।अर्को विकल्पकाे रूपमा ताराखाेला ,बडी गाड गाउँ पालिका र बागलुङ नगरपालिका पाउनुपर्ने दाबी पेश गरेको छ ।अहिले भइरहेको गठबन्धन बचाउन माआेवादी जुनसुकै विकल्पमा पनि जान तयार भएको एक नेताले बताए । एकीकृत समाजवादीले बागलुङकाे दुईवटा पालिका नेकपा एमालेले जितेको स्थानीय तह मध्य पाउनुपर्ने दाबी गरेको छ ।
राष्ट्रिय जनमाेर्चाले जैमुनी नगरपालिका ,बरेङ गाउँ पालिका र ढाेरपाटन नगरपालिका पाउनुपर्ने दाबी पेश गरेको छ ।
जिल्लाकाे १० वटा स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर निर्वाचनमा उमेदवार टुंगोमा पुर्याउने कसरत भइरहेको भए पनि
अहिलेसम्म प्रमुख पार्टीका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् ।अहिले भएको विभिन्न माेडेलमा छलफल भइरहेको साेमबार सम्म जिल्ला बाट सहमति भए साेही बमोजिम नभए साेही बमोजिम काे प्रतिवेदन पठाउने निति बनाएको छ ।
स्थानीय तहको निर्वाचनकाे लागि उमेदवारी दर्ता गर्ने दिन नजिकिदै गर्दा कुन स्थानीय तहमा काे उमेदवार बन्ने भन्ने बारे गठबन्धनमा रहेका राजनीति दल स्पष्ट हुन नसकेपनि यसपटक गठबन्धन गरेर जानुपर्ने कुरामा भने सहमत देखिन्छन् ।









