बागलुङको तमानखोलामा जिप दुर्घटना, ११ जना घाइते

-


     हिडन खबर    
     वैशाख १ गते २०८२ मा प्रकाशित


बागलुङ, वैशाख १ | www.hiddenkhabar.com – बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–१ मा आइतबार दिउँसो भएको जिप दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्। तीमध्ये एकको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको स्थानीय प्रहरी स्रोतले जनाएको छ।

गम्भीर घाइते हुनेमा बागलुङ गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक रहेकी छन्। उनको शरीरको विभिन्न भागमा भित्री चोट लागेको छ र बोल्न नसक्ने अवस्थामा छन्।

दुर्घटनामा घाइते हुने अन्य यात्रुहरूको विवरण यस प्रकार छ:

प्रेम रावल (२६) – जुम्ला, कन्कासुन्दरी गाउँपालिका–२ | भित्री चोट, अवस्था मध्यम

सुदर्शन कुसारी (३२) – रुकुम पश्चिम, बाडिकोट गाउँपालिका–६ | हातखुट्टामा चोट, अवस्था मध्यम

सचिन विक (२९) – बागलुङ, तमानखोला–१ | ढाडमा चोट, अवस्था मध्यम

इन्द्रकुमारी गिरी (६३) – बागलुङ | हातखुट्टामा चोट, अवस्था मध्यम

मनसरी शेरचन (५२) – बागलुङ | टाउको र हातखुट्टामा चोट, अवस्था मध्यम

झरना गिरी (२०) – बागलुङ, तमानखोला–२ | हातखुट्टामा चोट, अवस्था मध्यम

बसन्ती मगर (२५) – बागलुङ, तमानखोला–१ | टाउको, हातखुट्टामा चोट, अवस्था मध्यम

शुसिल रसाइली (२७) – चालक, बागलुङ, तमानखोला–१ | टाउकोमा चोट, अवस्था मध्यम

नविन मल्ल (२३) – रुकुम पश्चिम, चौरजहारी नगरपालिका–१३ | टाउकोमा चोट, अवस्था मध्यम

मनि मगर (१२) – बागलुङ, तमानखोला–१ | सामान्य चोट


घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ भने गम्भीर घाइते मुना विकलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

– Hidden Khabar Desk
अधिक जानकारीको लागि हेर्दै जानुहोस्: www.hiddenkhabar.com