
बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२, कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
बोङगादोभानबाट बराहताल जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप शनिबार अपराह्न दुर्घटना भएको हो। ब्रेक फेल भई उकालो सडकमा अनियन्त्रित भई जिप पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ। घाइतेहरूको नाम, ठेगाना र विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बोङगादोभानबाट प्रहरी निरीक्षक सन्तराम श्रेष्ठको नेतृत्वमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटना स्थल प्रहरी चौकीबाट करिब ५ किलोमिटर उत्तरमा पर्ने बताइएको छ।













