पुरुषोत्तम न्यौपाने सांगीतिक साँझलाई बागलुङ कलाकार समाजको आर्थिक सहयोग

-


     हिडन खबर    
     चैत्र २० गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

बागलुङ कलाकार समाजले आगामी “Ncell पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१” कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कार्यक्रमको आयोजना राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा आगामी चैत्र २२ गते पोखराको सभागृहमा गरिने कार्यक्रम रहेको छ।

बागलुङ कलाकार समाजले यस सांगीतिक साँझको आयोजनामा सहयोग गर्न कलाकारलाई आर्थिक सहायता प्रदान गरेको छ गायक बसन्त थापा ५ हजार
देबी घर्ती ५ हजार रेशम निर्दोष कमल कुमार बिक ताराकान्त बीक ,सूर्य खड्का ले ५/५ हजार तुलबीर थापा २० हजार एचविएन कीस्मत ५ हजारएकतारा म्युजिक हङकङ १० हजार ५ सय तारा थापा, सुमन खड्का ५ हजार केशब शर्मा५ हजार श्रीकृष्ण बम मल्ल ५ हजार १ सय दुर्गेश थापा २० हजार जुना श्रीस मगर ५ हजार ,अर्जुन बोहोरा ५ हजार सहयोग गरि कुल १ लाख ५ हजार ६ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरिएको छ। यस सहयोगको समन्वय नेपालका केन्द्रीय सदस्य रेशम निर्दोषले गरेका थिए।

पुरुषोत्तम न्यौपाने, जसको जन्म २०२९ सालमा स्याङ्जामा भएको हो, नेपाली लोक दोहोरी क्षेत्रमा एक गर्विलो इतिहास रच्ने सर्जक हुन्। उनले लगभग साढे तीन दशकमै निरन्तर नेपाली लोक संगीतको क्षेत्रलाई समृद्ध बनाएका छन्। उनले ०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड गरेर आफ्नो सांगीतिक यात्राको सुरुआत गरेका थिए।

यस कार्यक्रमले नेपाली लोक संगीतको धरोहर र पुरुषोत्तम न्यौपानेको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना भइरहेको छ।