
बागलुङ चैत २१
बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटिया बजार देखी कोटमैदान जादै गरेको ग १ ज ६१०० नम्वरको बोलेरो पिकअप चियॅाचौतार मुनिको घुम्ति बाट करिब १०० सय मिटर तल खसेर दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ ।
दुर्घटनामा परि बागलुङ गलकोट न.पा.११ रिघा बस्ने बर्ष २२ को बिष्णु रानाकाे मृत्यु भए जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिजय यादवले बताए ।
जिपमा चालक सहित ४ जना सवार रहेकोमा ३ जना घाईतेकाे नगर अस्पताल गलकोट बागलुङ पठाईएको,
प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि चालक बागलुङ गल्कोट न.पा. ५ सर्दाखेत बस्ने वर्ष २२ को राजन बि.क. गल्कोट न.पा. ४ डाँडाखेत बस्ने वर्ष १९ को रमेश सुनार , गलकोट न.पा.३ बोहरा फाँट बस्ने वर्ष १९ को अशोक बोहरा घाइते भएकाे सुचना अधिकारी यादवले बताए ।














