
बागलुङ राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले राप्रपाका पक्राऊ परेका आफ्ना नेताहरु अविलम्ब रिहाइको माग गर्दै जिल्ला सदरमुकाम बाग्लुङ बजारमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
चैत १५ गते राजधानीमा भएको आन्दोलनमा राप्रपाका नेताहरूकाे हात भएको भन्दै राप्रपाका नेता रबिन्द्र मिश्र
धबल शमशेर राणा लगायतका नेताहरू लाई रिहाइको माग गर्दै बिराेध स्वरूप मसाल जुलुस निकालिएको राप्रपाले जनाएको छ ।










