
बागलुङ ।स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्त प्यानलबाट आस्मिन शेख विजयी भएका छन् ।
शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी भएका हुन् । शेखले ५५२ मत ल्याएकी ल्याउँदा उहाँकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत ल्याइन् । स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत प्राप्त गरेका थिए ।
सचिवमा नेवि संघका सचिन हरिजन विजयी भएका छन् । हरिजनले ५३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याउन सफल भएका थिए ।पुन आखिल क्रान्तिकारी निकट हुन् । कोषाध्यक्ष पदमा ६५४ मत ल्याएर नेवि संघकै विशाल थापा विजयी भएका छन् । थापाले ६५४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रेखा शर्माले ३८४ मत प्राप्त गरेका थिए । शर्मा आखिल छटौं निकट हुन् ।
सदस्यमा नेवि संघका प्रशान्त सुवेदी , दीपसागर सुवेदी, सुदिप घर्ती मगर , सृष्टि घर्ती, सुवास बाबु घर्ती, सेमन्त शर्मा, सुभम राजभण्डारी र अनेरा स्ववियुका विकल्प घर्ती मगर निर्वाचित भएकाे निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए ।
कुल एक हजार ४ सय ७६ मतदाता रहेकाे क्याम्पसमा एक हजार ५९ मत खसेको थियाे।









