एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल, राप्रपाले सुर्य चिन्ह लिएर उठ्ने

-


     हिडन खबर    
     चैत्र ३० गते २०७८ मा प्रकाशित


राजनीतिमा सबै कुरा जायज भन्ने उखान यसपालि फेरि प्रमाणित भएको छ ।नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,एकीकृत समाजवादी ,राष्ट्रिय जनमाेर्चा ,र जनता समाजवादी पार्टीको ५ दलिय गठबन्धनकाे चर्काे बिराेध गर्दै आएको नेकपा एमालेले
स्थानीय चुनावमा राप्रपा कमल थापा संग केन्द्रीय रूपमै गठबन्धन गरेर गठबन्धनकाे संस्कृति लाई सहि सावित गरिदिएका छन् ।

नेकपा एमाले र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।नेकपा एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो ।

दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हाे। सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापाको उपस्थित रहेको थियोे ।

सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन्। त्यस्तै राप्रपा नेपालका उम्मेदवार स्थानीय तहकाे निर्वाचनमा निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ।

राजनीति चर्काे भाषण गरेर गठबन्धन संस्कृतिकाे विराेध गर्ने एमालेका अध्यक्ष केपी शर्मा आ‌ेलीकाे भनाइ र गराइमा धेरै भिन्नता देखिएकाे छ । अरू पार्टीले गरेको गठबन्धन बेठीक आफ्नो पार्टीले गरेको गठबन्धन ठिक भन्ने तर्क यतिबेला बजारमा देखिन थालेको छ । आफुलाइ कम्युनिस्ट आन्दोलनकाे अगुवा पार्टी भन्ने एमालेले राप्रपासंग गठबन्धन गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा केही महिना अघि भएको राप्रपाकाे महाधिवेशनमा राजेन्द्र लिङ्देन संग अध्यक्षमा पराजित भएपछि पुन राप्रपा नेपाल गठन गरेका थिए ।