बागलुङ नगरपालिका १ रामरेखामा सवारीसाधन दुर्घटना एकजना घाइते

-


     हिडन खबर    
     चैत्र २ गते २०८१ मा प्रकाशित


बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा स्थित बिश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल मध्य पहाडी लोकमार्गमा दुईवटा सवारी साधन एकआपसमा ठाेकिदा एकजना सर्वसाधारण घाइते भएका छन् ।

मालढुङगाबाट बागलुङ बजार तर्फ आउदै गरेको ग १ च १२५९ नम्बरको जिप र बिपरित दिशा तर्फ जाँदै गरेको ग २ च ३९ नम्बरको बोलेरो जिप एक आपसमा ठक्कर खाँदा ग २ च ३९ नं. जिप अनियन्त्रित भई सडक साईडमा फूल बेच्न बसेकी जिल्ला बागलुङ बागलुङ नगरपालिका ०१ रामरेखा बस्ने तेज बहादुर रानाको छोरी बर्ष २० की (अबिवाहित) तनिशा रानालाई ठक्कर दिई घाईते भएकाे
जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते लाई उपचारको लागी धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याईएकोमा थप उपचारको लागी मणिपाल अस्पताल पोखरा रिफर गरेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि घाइते भएका रानाको अवस्था गम्भिर रहेको छ ।दुर्घटना गराउने दुबै सवारी साधन र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।