अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन शुरू

-


     हिडन खबर    
     चैत्र ३० गते २०७८ मा प्रकाशित


नेकपा एमाले निकट महिला संघ अखिल नेपाल महिला संघको छैठौं जिल्ला सम्मेलन बागलुङ सदरमुकाममा शुरू भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले निकट भातृ संगठनहरूकाे सक्रियता पनि बढेको छ ।समृद्ध नेपाल सुखी नेपाली निर्माणकाे लागि स्थानीय तह प्रमुख पदमा महिलाको समान सहभागीता सुनिश्चितता भन्ने नारा साथ जिल्ला सम्मेलन शुरू भएको छ ।

स्थानीय तहदेखि सम्मेलनमा भाग लिन आएका महिलाहरूले बाजा गाजा सहित विभिन्न नारा लगाउदै नगर परिक्रमा गरेका थिए ।