नयाँ गीत ‘होली सररर’ सार्वजनिक

-


     हिडन खबर    
     फागुन २५ गते २०८१ मा प्रकाशित



गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् ।

गीतमा समीक्षा अधिकारी रुद्रसेनसँगै स्वरमा छन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।

गायक रुद्रसेनले भने, “होली पर्वलाई झन् रमाइलो बनाउन ‘होली सररर’ ल्याएको छु । आशा छ, दर्शकलाई मनपर्नेछ ।”

गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
https://youtu.be/BLb29WdRlb4?si=pg5lP-oKgMqW2k2c