
बागलुङ
धार्मिक भ्रमणको सिलसिलामा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिरको दर्शन गर्न आएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बागलुङमा नागरिक अभिनन्दन पत्र चढाएका छन् ।
नागरिक स्वागत मूल समारोह समिति बागलुङले आज धार्मिक भ्रमणको सिलसिलामा बागलुङ आएका पुर्व राजा शाहलाई नागरिक अभिनन्दन पत्र हिजोको दिनमा जनताको नासाे जनतालाई आफ्नो श्रीपेच बुझाउने त्यागकाे
सदैव स्मरण गर्दै अतः त्यो श्रीपेच माैसुफबाट पुनः ग्रहण गरेर नेपाली जनताको कल्याण गरि राष्ट्रकाे अभिभावकत्व प्रदान गर्न बिन्ती चढाएका छन् ।
नागरिक स्वागत मूल समारोह समितिका अध्यक्ष जब्बर बहादुर लामिछाने सचिव दिपेन्द्र बहादुर घिमिरे र काेषाध्यक्ष
विवेकजंग हमालले उक्त नागरिक अभिनन्दन पत्र पूर्व राजा शाहलाई चढाएका हुन् ।
नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठमा पूर्व राजाकाे भ्रमण भब्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण राष्ट्रिवादी
आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरूलाइ नागरिक मूल समारोह समितिकाे तर्फबाट सचिव दिपेन्द्र बहादुर घिमिरेले धन्यवाद ब्यक्त गरेका छन् ।
पूर्व राजा कालीका भगवती मन्दिरमा दर्शनकाे लागि पैदल यात्रा गर्दै गर्दा स्वागतकाे लागि लाइनमा बसेका समर्थकहरूले पूर्व राजाको जयजयकार गर्नुका साथै राजा आउ देश बचाउका नारा लगाएका थिए ।












