काठेखाेला गाउँ पालिकाकाे अध्यक्षमा एमालेका ४ उपाध्यक्षमा २ जनाको दावी

-


     हिडन खबर    
     चैत्र २९ गते २०७८ मा प्रकाशित


बैशाख ३० गते हुने निर्वाचन नजिकिए संगै राजनीति पार्टीहरू उमेदवार छनाैट प्रक्रियामा अगाडि बढेका छन् ।
नेकपा एमाले काठेखोला गाउँपालिकाकाे बैठकले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि दाबेदारहरू काठेखाेला गाउँ पालिकाका वर्तमान अध्यक्ष अमर थापा एमालेका नेता खिमानन्द कँडेल, एमाले गाउँ कमिटी अध्यक्ष ,डिल बहादुर कार्की ,एमाले जिल्ला सदस्य हुमा कुमारी जिसी (अन्जु) रहेका छन् । यसअघि अध्यक्ष पदको दाबी गर्ने वडा अध्यक्ष प्रेम लामिछाने ,दीपक गाैतम ,ले यसपटक आफ्नो दाबी छाेडेपछि काठेखाेलामा एमालेमा ४ जना मात्रै दाबेर बाकी भएकाछन् ।

गाउँपालिका उपाध्यक्षका दाबेदार उम्मेदवारहरू मिना सापकोटा कँडेल, गंगा शर्माले आफ्नो दाबी पेश गरेका छन् ।
अहिले गाउँ पालिकाकाे उपाध्यक्षकाे टिकट दाबी गर्ने दुई जना पेशागत रूपमा सामुदायिक बिद्यालयका शिक्षिका हुन् ।मिना सापकोटा कडेल भीमसेन माबि र गंगा शर्मा बिद्यामन्दिर माध्यमिक बिद्यालयका बहालवाला शिक्षिका हुन् ।निर्वाचन लड्न शिक्षक पदबाट राजिनामा दिनुपर्ने ब्यबस्था भएपनि अहिलेसम्म दुई जना उपाध्यक्षका दाबेदारले राजिनामा गरेको
भने जानकारी छैन ।

उमेदवारमा सहमति हुन नसकेपछि अध्यक्षका ४ जना आकांक्षी र उपाध्यक्षका दुई जना आकांक्षीकाे नाम गाउँपालिका पार्टी कमिटिले जिल्ला कमिटिसँग छलफल गरेर प्रदेशमा नाम पठाएर टुंगो लगाउने एमालेले हिडन खबर लाई बताए ।

यसपटकको निर्वाचनमा एमाले बिरूद्व नेपाली कांग्रेस लगायत दलको गठबन्धन बनाएर चुनावमा जाने रणनीति बनाएपछि एमालेले के कस्तो गठबन्धन बनाएर अगाडि बढ्ने भन्ने बारे केही कुरा बाहिर ल्याएको छैन ।एमाले बागलुङ जिल्ला कमिटीले भने बामपंथी गठबन्धन गरेर जाने निति सार्वजनिक गरेपनि अहिलेसम्म छलफल भने भएको छैन ।