
जब कसैले कसैलाई धेरै नै माया गर्छ तब उ केवल मायामा नै रमाएको हुन्छ, यदि ति प्रेमजोडी हरूलाई हामीले अलग गर्न खोज्यौ भने पनि सक्दैनौ । तिनिहरू एक अर्काको मनभित्र चुम्बक जस्तै जोडिएर रहेका हुन्छन ।
आफ्नो जिन्दगी, आफन्त, तथा संसार नै एक अर्कालाई मानेका हुन्छन । उनिहरूले बाहिरी वास्तबिक संसार बिर्सिएर आफ्नो मायाको छुट्टै संसारमा रमाएका हुन्छन । अचानक तिनीहरूको मायाको संसार कुनै बाध्यता वा अरू बिवसताले जलेर तहस नहस हुन्छ यस्तै यस्तै माया प्रेममा छुटियका जाेडिहरूकाे बास्तबिक कथालाई गित मार्फत प्रस्तुत गरिएकाे छ ।
सर्जक रमेश परियारकाे शब्द संगीत गायक वसन्त थापा र गायिका निसा केसीकाे निकै उत्कृष्ट आवाज रहेकाे यस गीतमा देबेन्द्र बब्लु,जुना गुरूङ ,र राज रेग्मीकाे मुख्य अभिनय रहेकाे छ ।
विशाल घिमिरेकाे निर्देशन,नवराज उप्रेतीकाे छायांकन र अमृत चापागाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे निसा केसी अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।









