
नेकपा एमाले जिल्ला कमिटी बागलुङमा स्थानीय तहको निर्वाचनको लागि नगर प्रमुख र उप प्रमुख पदको लागि दाबी प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत बागलुङ नगर पालिकाकाे प्रमुखमा अहिलेसम्म ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नगर प्रमुखको लागि एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियार, गण्डकी प्रदेश सदस्य गिता शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव सापकोटा, वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापा र एमाले गण्डकी प्रदेश सदस्य राम शर्माले आफ्नो दाबी पेश गरेको नेकपा एमालेले जनाएको छ ।
यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखमा पवित्र राेकाले आफ्नो दाबी पेश गरेका छन् ।
यसअघि बागलुङ नगरपालिकाकाे नगर प्रमुखकाे लागि बागलुङ नगरपालिकाका वर्तमान नगर प्रमुख जनक पाैडेल, ममता देबी शर्मा,कृष्ण पाठक, प्रदेश सांसद इन्द्रलाल सापकोटा यसअघि आकांक्षी रहेको भएपनि साेमबार बेलुका सम्म नगर प्रमुखको लागि दाबी नगरेको एमाले स्राेतले हिडन खबर लाई जनाएको छ ।
बागलुङ नगरपालिकामा सकेसम्म सर्वसम्मत रूपमा एकजनाकाे मात्र नाम सिफारिस गर्ने बारे पनि प्रयास भइरहेको हुदा मंगलबार सम्म सहमति हुन सक्ने अवस्था रहेको एमालेले जनाएको छ ।









