
लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू भएकाे छ । मुख्यमन्त्री कार्यालय बुटवलमा स्थानीय तहकाे निर्वाचनका विषयमा छलफल गर्नकाे लागि गठबन्धनको बैठक सुरू भएकाे हाे । छलफलमा पार्टी का प्रमुखले जिल्लामा अाफ्नाे दलकाे अवस्था वारे पालैपालाे ब्रिफिङ गरेकाे बैठकमा सहभागी एक सदस्यले वताए ।
बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरशिह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल , जनता समाजबादी पार्टीका प्रदेश अध्यक्ष अशाेक यादब , नेकपा एकिकृत समाजबादि पार्टीका केन्द्रिय कमिटीका सदस्य राजु गुरूङ, जनमाेर्चाका जिल्ला अध्यक्ष बद्रेअालम लगायतका नेताहरूकाे सहभागीता रहेकाे छ।









