
बागलुङ ।मालिका सेवा समाजको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य इन्द्रलाल सापकोटाले सेवा समाजले गर्ने कार्यले सबैलाइ प्रेरणा मिलेको बताउदै सेवा समाज सबैका निम्ति भरोसा भयको मा खुशी ब्यक्त गर्नु भयो।
सोही अबसरमा सापकोटाले नकरात्मकता सबै क्षेत्रको प्रगतिको बाधक भयको हुदा सबैमा सकरात्मक सोच पैदा गर्न आबस्यक रहेकोे बताउनुभयो।
नेसनल प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्माले सस्थाले गरेका विभिन्न नियमित क्रीयाकलापले समाजमा एकता कायम गरेको बताउनु भयो।
बा न पा ५ का वडासदस्य बलराम सापकोटाले सस्थाका का राम्रो रहेको बताउदै स्थानिय सरकारले आबस्यकता अनुसार सहयोग गर्ने बताउनु भयो।।
नेशनल प्याब्सनका बागलुङ नगरपालिकाका सचिब तथा गुराँस विद्या सदनका प्राधानाध्यापक निशान खड्काले सस्थाका गतिबिधी सेवा मुलक साथै जनमानसमा चेतना प्रदान गर्ने खालका भयको बताउदै सेवा समाज सेवा कार्यको ऐना बनेकोमा खुशी लागेको बताउनु भयो।
बागलुङ नगरपालिका वडा नम्बर ५ भित्रका ४ विद्यालयका १५ उत्कृष्ट विद्यार्थी लाई प्रोत्साहन तथा ३ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियोे ।
सो अबसरमा मालिका समाज जापानका नबनिर्बाचित अध्यक्ष देबि प्रसाद सापकोटा(राजु) लाई सेवा समाजको तर्फबाट मालिका समाज जापानकाे अध्यक्ष बन्नु भएकोमा बधाई तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरियको थियो।
मालिका सेवा समाजका अध्यक्ष एवम् रेडक्रस कर्मी जीबन नाथ शर्माले जेष्ठ नागरिक सम्बन्धी हाम्रो दायित्व बिषयमा सहजीकरण गर्नुभएको कार्यक्रममा सस्थाका सदस्य याम बहादुर कुवर(मधु )लगायतले कार्यक्रम को बारेमा आफ्नो धारणा राख्नु भयको थियो।
सस्थाका अध्यक्ष जीवन नाथ शर्मा रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष प्रकाश के शि सस्थाका सचिब खडानन्द सापकोटाकाे संचालनमा सम्पन्न भयको थियो।













