
बागलुङको निसीखाेला गाउँ पालिकामा ट्रिपर दुर्घटना हुदा एकजनाकाे मृत्युु भएको छ ।
बागलुङ जिल्ला निसीखोला गाउपालीका .-६ लामिडाँडा स्थित मध्यपहाडी लोकमार्गमा रुकुम पूर्वबाट बुर्तिबाङ तर्फ आउदै गरेको ग १ क ६१८९ नं. को टिप्पर सडक देखी अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुदा एकजनाको मृत्युु भएको हाे ।
शनिबार दिउँसो ३ बजे सडक देखी अन्दाजी ५० मिटर तल टिप्पर दुर्घटना हुदा चालक गुल्मी जिल्ला इस्मा गा.पा.-३ का अन्दाजी बर्ष ४७ का कृष्ण कुमालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।
बुर्तिबाङबाट प्र.नि. आनन्द बस्नेतको कमाण्डमा-७ जनाको टोली पुगेर घटनाको अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ ।









