जनता माध्यमिक बिद्यालयकाे ६६ आ‌ैं बार्षिकाेत्सव सम्पन्न

-


     सुजन आचार्य     
     फागुन १ गते २०८१ मा प्रकाशित


बागलुङ ,श्री जनता माध्यमिक विद्यालय जैमिनी नगरपालिका ४,सर्कुवा बागलुङको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जैमिनी नगर प्रमुख नर बहादुर पुन विशिष्ट अतिथि  जैमिनी नगर उपप्रमुख हरिहर शर्मा
बिद्यालयका प्रधानाध्यापक चन्द्रकान्त आचार्यबाट सर्कुवा हेल्थपोस्ट इन्चार्ज डिल बहादुर थापा  बाल मैत्री अध्यक्ष सुषुप्ती चालिसे,अक्षयकोष दाता तर्फबाट -भू पू शिक्षक शकस बहादुर क्षेत्री,छात्रवृत्ति दातातर्फबाट -भू पू प्र अ मेघराज ढकाल भू पू अध्यक्ष खगेश्वर सुवेदी,भू पू प्र अ नारायण पौडेल,लगायतका बक्ताहरूले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बढुवा हुनु भएका शिक्षक मित्र पौडेल तथा बाबुराम सुवेदी सरलाई सम्मान गरिएको थियोे ।विभिन्न अक्षयकोष तथा छात्रवृत्ति वितरण गरिएको थियो ।कक्षा १२ नगर प्रथम हुने अनुज आचार्य कक्षा १२ नगर तृतीय कमल शर्मालाई एसईईमा बागलुङ जिल्ला टप गर्ने  आर्नव शर्मा लाई सम्मान गरिएको थियो ।

बिद्यालय ब्यवस्थापन समितिमा अध्यक्ष कृष्ण थापाकाे सभापतित्वमा भएको कार्यक्रममा शिक्षक प्रतिनिधि प्रेम थापाकाे स्वागत कार्यक्रम सञ्चालन भोलानाथ शर्मा र कमला देवी चालिसे शर्माले गरेका थिए ।