ढल निकासमा बेवास्ता: पानीपर्दा सधैं जलमग्न बागलुङ बजार

-


     राम प्रसाद घिमिरे     
     चैत्र २६ गते २०७८ मा प्रकाशित


तत्कालीन धौलागिरी अञ्चल कै सदरमुकाम बागलुङ बजार । धौलागिरी क्षेत्रका चार जिल्लाको केन्द्र मानिएको बजार पानी पर्नासाथ नालीको ढल सडकमा निस्कन्छ ।

देशमा स्थानीय सरकार बनेको पनि ५ बर्ष पुग्न थल्यो तर स्मार्ट सिटि बनाउने चर्का भाषण र चिल्ला घोषणापत्र देखाउँदै चुनाव जितेका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकाल सकिनलाग्दा समेत बागलुङ बजारको यो समस्या समाधानमा भने कुनै चासो देखाएका छैनन् ।

शनिबार दिउँसो ३:३० बाट करिब १ घण्टा परेको बर्षाले बजारका अधिकांश सडकमा नालीको पानी जलमग्न बन्यो ।

यो देख्दा लाग्छ स्मार्ट सिटि बनाउने ती पाँचवर्ष अगाडिका चुनावि एजेन्डा सायद आगामी चुनावमा फेरि सुनिने छ ।