
बागलुङ ।वसन्त पञ्चमी अर्थात् सरस्वतीपूजाको पावन अवसर पारेर श्री मालिका माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस यस वर्ष (४७ औं बार्षिकउत्सव ) विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
२१ गतेको मूल समारोहको प्रमुख अतिथिमा भूमि सुधार आयोग बागलुङका अध्यक्ष सुनिल शेरचन, विशिष्ट अतिथिमा बानपा ५ का वडाध्यक्ष हरिप्रसाद शर्मा, बानपा ५ का जनप्रतिनिधि, छिमेकी विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक –शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु, पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पूर्व शिअसं अध्यक्ष, पूव शिक्षक, मालिका समाज जापानका अध्यक्ष, देवीप्राद नरवदी आर्यन स्मृतिकोषका संरक्षक, विष्णु गंगा स्मृतिकोषका संरक्षक, लगायत शिक्षाप्रेमी रहनुका साथसाथै अन्य उपस्थिति रहेको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षता, विव्यस सदस्य तथा जनप्रतिनिधि बलराम सापकोटाको स्वागत, प्रधानाध्यापक बालकृष्ण सापकोटाबाट विद्यालयको वार्षिक प्रगति प्रतिवेदनको प्रस्तुतिरहेको कार्यक्रममा छिमेकी विद्यालयका विव्यस अध्यक्ष खडानन्द सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विशिष्ट अतिथि र प्रमुख अतिथिबाट विशेष मन्तव्य रहेकाे कार्यक्रममा कोषका संरक्षकबाट विद्यार्थी पोषाक हस्तान्तरण, उत्कृष्ट÷वर्ष÷सफल शिक्षकहरुको सम्मान, पूर्व शिक्षक विदाइ, विद्यार्थी पुरस्कार वितरणसमेत गरिएको यस कार्यक्रममा विद्यार्थीबाट देखाइएका कला प्रतिभा प्रदर्शनको बाहुल्यता थियो । विद्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



















