चुनावबाट सिहदरवार जाने यात्रामा अगाडि बढेको छ : ओली

-


     हिडन खबर    
     चैत्र २६ गते २०७८ मा प्रकाशित


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिश्व लाई नै चकित पार्ने काम गर्दै आएको दाबी गर्नु भयो । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले जनताको काम गर्दा गदै सरकारबाट वाहिरिन परेको बताउनु भयो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीका नेता तथा कार्यकर्ता लाई हौसला दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले ५ दलीय गठबन्धनले एमालेको सरकार ढालेको हुँदा अब चुनाव बाट सिहदरवार जाने यात्रामा अगाडि बढेको बताए । एमाले सरकारले हिजोको दिनमा कोरोनाको सामना गरेर विकास निर्माणको काम गर्दे गर्दा गठबन्धनको नाममा सरकार असफल बनाउने काम गरेको बताउनु भयो । विकासका काम गरिरहेको सरकारलाई ढालेर वर्तमान गठबन्धनले मिलीजुली बाँडेर खाइरहेको आरोप लगाएक छन् ।

ओलीले राष्ट्रिय सभामा मनोनित गर्ने एक सिटमा समेत जनयुद्धका घाइते लगायतका ठूलो संख्यामा त्याग तपस्या भएका कार्यकर्ता मध्य बाट नभई नेताको भाइ मनोनित गरेर जनता छल गरेको बताउनु भयो । अवको चुनामा एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनस भयो । प्रचण्ड र माधव कम्युनिष्ठ आन्दोलन कमजोर बनाउन जन्मिएका व्यक्ति भएको टिप्पण गर्नु भयो । जनताको हितमा काम गर्ने एमाले हुँदा हुदै कसैल कम्युनिष्ठ आन्दोलन कमजोर बनाउन नसक्ने वरु अफै सकिएर जाने बताउनु भयो । जनताले रुचाउने काम गर्न कार्यकर्तालाई ओलीले निर्देशन दिए ।