
काठमाडौं माघ २१
सामाजिक संजाल टिकटक फेसवुक एकपछि अर्को विकृति तर्फ उन्मुख भइरहेको समयमा भने समाजमा मानवीय तथा सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापना भएको सयपत्री ग्रुप सुखदुःखकाे साथीले मानव सेवा आश्रम काठमाडौं रानी वनमा पुगेर एक कार्यक्रम बिच सहयोग हस्तान्तरण गरेको छ ।
सामाजिक संजाल टिकटक फेसबुकमा जाेडिएका
साथीहरूले सयपत्री ग्रुप सुखदुःखकाे साथी नामक संस्थाले सरस्वती पुजा अर्थात् बसन्त पन्चमीकाे दिन पारेर काठमाडौं रानीवनमा संचालित मानवसेवा आश्रममा एक छाककाे भाेजन र दुई लाख बराबरको सहयोग गरेको छ ।
सामाजिक संजाललाइ सही रूपमा प्रयोग गरि सयपत्री ग्रुपले मानवसेवा आश्रमलाइ सहयोग गर्नु निकै सकारात्मक पक्ष भएको यस्तै धेरै ग्रुप सहयोगी भएमा राम्रोसँग आश्रम संचालन हुने सरकारले गर्नुपर्ने काम भइरहेको स्थानीय जनप्रतिनिधि प्रकाश फुयालले बताए ।
सामाजिक संजालमा एकपछि अर्को विकृति फैलिरहेकाे समयमा आफुहरूले सामाजिक संजाललाइ सहि रूपमा सकारात्मक ढंगले अगाडि बढाउन सकिन्छ भन्ने भावनाका साथ सयपत्रि ग्रुप बनाएर मानवसेवा आश्रम जस्तो संस्थालाई सहयोग गरेको सयपत्रि ग्रुपका सदस्य अनन्त लम्साल बताउँछन् ।
सहयोगी मनका धनी ब्यक्तिहरूकाे सहयोग बाट मानवसेवा आश्रम चलिरहेको अहिले सामाजिक संजालबाट एकजुट भएको सयपत्रि ग्रुप बाट मानवसेवा आश्रमलाइ सहयोग जुटिरहेको आश्रम चलिरहेको मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामाले बताए ।
अपांग ,जेष्ठ नागरिक ,महिला ,मानसिकता सन्तुलन ठिक नभएका बालबालिका गरि २२१ जनाले आश्रय लिइरहेकाे
काठमाडौ रानी वनमा संचालित आश्रममा रहेका असाय घरवारविहीन परिवार बाट हेला भएका ब्यक्तिहरूलाइ सहयोग गर्न पाएकाेमा खुशी लागेको सयपत्री ग्रुप सुखदुःखका साथीले बताए ।
नेपालमा सडक मानव मुक्त बनाउने अभियानका साथ मानव सेवा आश्रमले सडकमा अलपत्र परेर बसिरहेका ब्यक्तिहरूलाइ मानव सेवा आश्रममा ल्याएर आश्रय दिदै आएपछि सडकमा अलपत्र परेर बसेका ब्यक्तिहरू निकै कम देखिन्छ ।
आश्रमलाइ जन्मदिन ,विवाह बर्ष गाँठ पितृ संझना जस्ता आफ्नो जीवनकाे बिशेश दिनहरूमा सहयोगापेक्षी बेसहारा अशक्त असहाय अनाथ अभिभावकवीहिन मानसिक तथा शारीरिकरूपमा कमजोर सडकआश्रित मानवहरूसंग आएर
सहयोग गर्ने गरेका कारण मानवसेवा आश्रम संचालन भइ रहेको छ ।
सामाजिक संजालमा विकृति आइरहेको समयमा सामाजिक संजाल टिकटक फेसवुक लगायतका संजालमा जाेडिएका ब्यक्तिहरू एकजुट भएर मानवीय सेवाको क्षेत्रमा गरेको सहयोग सकारात्मक छ यस्तै सामाजिक संजाललाइ सहि सदुपयोग गर्न सकेको खण्डमा यसले फाइदा गर्ने देखिन्छ ।


















