सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेकाे छ : उपप्रधानमन्त्री सिंह

-


     हिडन खबर    
     माघ २१ गते २०८१ मा प्रकाशित


– राजनीतिक स्थिरताकाे जनचाहनाहनुसारनै वर्तमान सत्तागठबन्धन

ढोरपाटन (बागलुङ)  :माघ २१

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउनुभएकाे छ ।

सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेकाे सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेकाे सत्तागठबन्धन स्थिर सरकारकाे जनचाहनाअनुसारनै बनेकाे दाबी गर्नुभयाे।

राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताउनुभयो । सरकारका विषयमा विभिन्न व्यक्तिहरुले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पार्नुभयाे ।

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभयाे ।  नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
स्थानीय सरकार जनताको नजिकको सरकार हाे ।तीनै तहका सरकार जनताको समस्या समाधान गरि समृद्ध मुलुक निर्माणका लागि बनेको हो  उहाँले भन्नुभयाे सरकारको स्थायित्व नहुँदा जनतामा निराशा थियो । 

नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौँ ।´
सिंहले प्राप्त उपलब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको बताउनुभयो ।