
काठमाडौं ।हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ लियो क्लब अफ काठमाडौं शुभ आरम्भको आयोजनामा श्री नाटेश्वर माध्यामिक विद्यालय मकवानपुर ,थाहा नगरपालिकाका वडा नं १०, टौखेलमा अध्ययनरत बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सामुदायिक बिद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुका लागि स्कुल ब्याग -१०० थान र नैतिक शिक्षा सम्बन्धि ज्ञान बर्दक २०० थान पुस्तकहरू बितरण गरिएको लायन्स क्लबले जनाएको छ । अहिले क्लबले गरेको शैक्षिक सामाग्री सहयोग बाट बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई पढाइमा थप टेवा पुर्याउने बिद्यालयले जनाएको छ ।













