
-राजनीतिमा अनेकाै मान्छे आएका छन्, नागरिकले सहि गलत छुट्याउन सक्नुपर्छ
माघ १९
काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्राे हुने बताउनुभएकाे छ ।
शनिवार विश्व निकेतन माविकाे ७९ ओै वार्षिक साधारणसभामा बाेल्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामुदायिक विद्यालयकाे विकासमा आफूले सांसद भएदेखिनै जाेड दिइरहेकाे पनि बताउनुभयाे ।
सांसद विकास काेषकाे रकम आउँदा आफूले अधिकांस रकम सामुदायिक विद्यालयका लागि छुट्याएकाे पनि स्मरण गर्नुभयाे ।
काठमाडौं-१ मा रहेकाे विश्व निकेतन माविले गुणस्तरीय शिक्षा प्रदान गरेकाे भन्दै प्रशंसा गर्नुभयाे । उहाँले किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई संलग्न गराउन सुझाव दिनुभयाे । उपप्रधानमन्त्री सिंहकै पहलमा निर्मित नमूना विद्यालय भाैतिक याेजना निर्माण अन्तर्गत बनेकाे नयाँ भवनकाे पनि सिंहले उद्घाटन गर्नुभयाे । सिंहले आफूले दुख गरेर पढेकाे स्मरण गर्दै विद्यार्थीहरूलाई मेहनत गरेर पढन सुझाव दिनुभयाे ।
त्यस्तै, सिंहले फरक सन्दर्भमा अहिले राजनीतिमा विभिन्न चरित्रहरू देखा परेकाे भन्दै सहि र गलत छुट्याउन आग्रह गर्नुभयाे । समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाजसेवाका रूपमा राजनीतिलाई लिएकाे भन्दै राजनीतिमा लाग्ने सबै खराब छन् भन्न भाष्य गलत भएकाे बताउनुभयाे ।
उहाँले अहिले विदेशमा बद्मासी गरेर आएकमहरू, चटेक प्रवृत्ति पनि राजनीतिमा देखिएकाे भन्दै सही र गलत भने नागरिकले छुट्याउनसक्नुपर्ने बताउनुभयाे ।
`लहैलहैमा लाग्याैं भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरूरी छ , जनप्रतिनिधि ठिक भएमात्रै प्राप्त उपलब्धिकाे रक्षा गर्दै विकासकाे काम अघि बढ्न सक्छ ,`यहाँ अनेकौँ मान्छेहरू आउँछन् ।
चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् । तपाईँहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरू सुरक्षित र संवर्द्धन गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।´













