भाषा संस्कृति बिना पहिचान हुँदैन’

-


     हिडन खबर    
     माघ १७ गते २०८१ मा प्रकाशित


बागलुङ माघ १७
अबको जातिय आन्दोलन संस्कार संस्कृतिको संरक्षणमा केन्द्रित हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

बिहीबार बागलुङ आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुङको १२ औं जिल्ला अधिवेसनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले मगर विद्यार्थीहरु अधिकार प्राप्तीका लागि मात्रै नभई आफ्नो भाषा संस्कृतिको संरक्षणमा पनि लाग्नुपर्ने बताए ।

‘हाम्रा जातिय अधिकारहरु अझै धेरै प्राप्ती हुन बाँकी छन्, त्यति हुँदा हुँहै हामी अब अधिकारका लडाइँमा मात्रै होईन हाम्रो भाषा संस्रकारको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्छ ’उनीहरुले भने,‘हाम्रो पहिचान भनेको नै हाम्रो भाषा संस्कृति हो ।’

भाषा संस्कृतिको संरक्षण बिना पहिचान नरहने उनीहरुको भनाई थियो । ‘नेपालकै सम्पत्तीको रुपमा रहेको हाम्रो आफ्नै संस्कृति छ, आफ्नै भाषा छ, यसलाई जोगाउन सकिएन भने हाम्रो पहिचान पनि समाप्त हुन्छ,’उनीहरुले भने । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल मगर
विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले मगर विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल हुनुपर्ने बताए ।

‘हामी मगर विद्यार्थीहरु अब हरेक क्षेत्रमा अब्बल हुनुपर्छ, उनले भने,‘राजनीतिक सामाजिक क्षेत्रसंगै देशको
कर्मचारीतन्त्रमा समेत हाम्रो बलियो उपस्थीति नभएसम्म हाम्रो अस्तित्व सधैं खतरामा हुन्छ ।

हिजोका दिनमा राज्यले अबलम्बन गरेको विभेदकारी नीतिका कारण हराउँदै गएको भाषा संरक्षण गर्नु अब मगर समुदाय र युवा विद्यार्थीहरुको दायित्व रहेको उनको भनाई थियो । ‘हिजोको समयमा राज्यले एक भाषा एक धर्मको नीति अबलम्बन गर्दा हाम्रा भाषाहरु हराउँदै गएका छन्,’उनले भने,‘अब त्यसमा हामीले राज्यलाई दोष दिएर मात्रै पुग्दैन ।