कालीका भगवती मन्दिरको पुस महिनाको आम्दानी २४ लाख ३३ हजार ४ सय १६

-


     हिडन खबर    
     माघ ३ गते २०८१ मा प्रकाशित



बागलुङ माघ ३

बागलुङ / नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालीका भगवती गुुठी ब्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत पुस महिनाको आर्थिक हिसाबकिताब सार्वजनिक गरेको छ ।

कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालीका भगवती मन्दिरमा पुस महिनामा कुल आम्दानी २४ लाख ३३ हजार ४ सय १६ रूपैयाँ भएकोमा खर्च १३ लाख ५४ हजार ४५ रूपैयाँ भइ १० लाख ७९ हजार ३ सय ७१ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको हाे ।

कालीका गुठीको पुस महिनामा कुल आम्दानी २४ लाख
३३ हजार ४ सय १६ रूपैयाँ गरेको छ । कालीका भगवती मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटी बाट १२ लाख ७९ हजार ६ सय ७५ चामल बिक्री बाट ३१ हजार ५ सय बाेका बाट ९४ हजार ४ सय ,कुखुरा बाट ६ हजार ८ सय ५० रूपैयाँ राँगो बाट ३ हजार ६ सय ,सटर भाडा ४ लाख २८ हजार ४ सय ४० विवाह बाट १ हजार ५ सय ,आर्थिक सहयोग ५८ हजार ६ सय १ रूपैयाँ ,परेवा बिक्री बाट ५ लाख १७ हजार २ सय ५० रूपैयाँ ,पण्डित बाट ११ हजार ६ सय आम्दानी भएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

कालीका भगवती मन्दिर ब्यवस्थापन समिति अन्तर्गत
पुस महिनामा १३ लाख ५४ हजार ४५ रूपैयाँ खर्च भएको जनाएको छ । कर्मचारीहरूकाे तलवमा ३ लाख ७६ हजार ७ सय बिजुलीमा ३७ हजार ,पूर्वाधार विकासमा ४ लाख ७८ हजार ४० रूपैया पाेशाकमा २ लाख ६ हजार ४ सय
,मेसिन तथा उपकरण ३ हजार १ सय,खाध्यान्न र आवासमा ५१ इन्धन ३२ हजार ५ सय ४५ पिकनिकमा १ लाख ७ हजार ९ सय ६० रूपैयाँ उपहार २१ हजार रूपैयाँ
आर्थिक सहयोग ५० हजार ,अतिथि सत्कार ६० हजार ५ सय खर्च भएको कालीका गुठीका अध्यक्ष खड्काले बताए ।

पुस महिनामा कुल आम्दानी २४ लाख ३३ हजार ४ सय १६ रूपैयाँ भएकोमा खर्च १३ लाख ५४ हजार ४५ रूपैयाँ भइ १० लाख ७९ हजार ३ सय ७१ रूपैयाँ बचत भएको गुठीले जनाएको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालीका भगवती मन्दिरमा आउने धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै मन्दिरको आम्दानी समेत बढ्दै गइरहेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रमेश खड्काले बताए ।