
पर्वत ,श्री नुवार सुवेदीथर माध्यमिक विद्यालयकाे ४१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भएकाे छ ।
५ दिनसम्म विविध कार्यक्रम सञ्चालन गरेर वार्षिकोत्सब कार्यक्रम मनाएको हाे ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खगराज पाैडेलले विद्यालयले पछिल्ला दिनमा निकै नै प्रशंसनीय कार्य गरेकाे र यसबाट आफू प्रभावित भएको बताउनुभयो ।
पाैडेलले शैक्षिक उन्नयनमा आउने दिनमा पनि खुलेर सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे थियो ।
कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद अर्यालले विद्यार्थी जसरी खटेका छाै त्यसरीनै पढ्नुपर्ने अनि पढेपछि व्यवहारिक जीवन चलाउन अहिले राम्रोसँग पढ्नुपर्ने बताउनुभयो ।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा संस्थापक वडा अध्यक्ष देवेन्द्र प्रसाद सुवेदीले पहिले अतिनै दु: ख का विद्यालय स्थापना गरेकाे स्मरण गर्दै सबै मिलेर विद्यालयलाई फरक तरिकाले सञ्चालन गर्नुपर्ने बताउनुभयाे ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीले अब भाैतिक रूपमा विद्यालय सम्पन्न भएकाे छ आगामी दिनमा शिक्षक जसरी लाग्नुभएकाे छ त्यसरीनै अभिभावक अनि विद्यार्थी भाइबहिनीहरू पढाइतर्फ लाग्नुपर्नेमा जाेड दिनुभयाे । साथै पढाइसँगै अनुशासन कायम गरेर आफ्नाे भविष्य उज्ज्वल बनाउन विद्यार्थीहरूलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बह्रमकुमारी विश्वविद्यालय पाङ शाखा प्रमुख भवानी दिदीले नैतिक तथा आध्यात्मिक विचार राख्दै विद्यालयकाे उन्नतिकाकाे कामना गर्नुभयाे । प्रधानाध्यापक दिपक सुवेदीले विद्यालयकाे आयव्यय प्रस्तुत गर्दै शैक्षिक सुधारमा शिक्षक, अभिभावक अनि विद्यार्थीकाे त्यत्तिकै सम्बन्ध हुने हुनाले सबै जुट्नकाे लागि आग्रह गर्नुभयाे ।
कार्यक्रममा अक्षयकोषबाट प्राप्त व्याजबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएकाे थियाे । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूबाट प्रस्तुति राखिएकाे थियाे ।यसै अवसरमा पूर्व प्रधानाध्यापक देवेन्द्रप्रसाद सुवेदी, दीर्घ सेवा सम्मान तथा पूर्व शिक्षकलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक ख्यामराज सुवेदी राख्नुभएकाे कार्यक्रमकाे सञ्चालन शिक्षक जयराम सुवेदीले गर्नुभएकाे थियाे ।


























