
बागलुङ ,प्रेस सेन्टर नेपाल बागलुङ शाखाको बुधबार बागलुङ सदरमुकाममा भएको बैठकले पुष २७ गते बागलुङ बजार हुने प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ अधिवेशन तथा सोह्र साधरण सभाकाे तयारी पूरा भएको छ ।
सेन्टरको अधिवेशन भव्य रुपमा सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ । अधिवेशनलाई सफल बनाउन
आर्थिक संकलनको प्रमुख अध्यक्ष थम्मन थापा,सम्मान उपसमितिको संयोजक उपाध्यक्ष सरिता खत्री, निमन्त्रणा उपसमितिको संयोजक अनिष खाती,मञ्च व्यवस्थापन उपसमितिको संयोजक दिनेश जिसी, प्रचार प्रसार उपसमितिको संयोजक विनोद प्रतिक,खाजा व्यवस्थापन उपसमितिको संयोजक विपना आचार्य,पाहुना सत्कार प्रदेश उपाध्यक्ष राम थापा अविरल, आर्थिक संकलन उपसमिति संयोजक दिलिप पर्तेल लाई जिम्मेवारी दिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थमन थापाले बताए।
प्रेस सेन्टर नेपाल लाई क्रियाशील पत्रकारकाे संगठन बनाउने निति अनुसार गाउँ गाउँमा तालिम क्षमता अभिवृद्धि कार्यक्रम समयसमयमा गर्दै जाने योजना रहेको अध्यक्ष थापाले बताए ।









