बागलुङ समाज आयरल्यान्डकाे अध्यक्षमा रामकृष्ण सापकोटा

-


     हिडन खबर    
     पौष २४ गते २०८१ मा प्रकाशित


बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन बाट रामकृष्ण सापकोटाको अध्यक्षमा कार्यसमिति चयन गरेको छ ।

भेलाले समाजको उपाध्यक्षमा टेक पुन,महासचिवमा कृष्ण सापकोटा,प्रवक्तामा कृष्ण के.सी.कोषाध्यक्षमा दीपक आचार्य,सचिवमा आयुष सापकोटा,सह-कोषाध्यक्षमा बाबुराम कँडेल,सांस्कृतिक संयोजकमा सङ्गीता थापा,र
सदस्यहरूमा राम खत्री, सुरक्षा खड्का, राजन कँडेल,प्रदीप क्षेत्री, आस्था खत्री सर्वसम्मत रूपमा चयन भएको प्रवक्ता कृष्ण केसीले बताए ।