
म्याग्दी ,नेपाली चलचित्रका नायक अभिनेता पल शाह बेनि आउने भएका छन ।आईतबार महाेत्सब संयाेजक सुबिन श्रेष्ठले मेलाकाे तयारीका बारेमा थप जानकारी गराउदै पल शाह आउने जानकारी गराउनु भएकाे छ।
यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा रहेकाे खुलामंचमा आयोजना गरिएको आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक मेला-२०८१ मा जिल्ला भित्रका कलाकारलाई पहिलाे प्राथमिकतामा राखिएकाे छ ।
लाेक ,आधुनिक ,पप, लाईभ कनसर्ट हरेक बिधाका कलाकार देखि माेडललाई समेत महाेत्सबमा सहभागी गराउने बताईएकाे छ । प्रत्येक दिन साईनिङ डान्स ग्रुपकाे प्रस्तुती लाईभ कन्सर्ट संगै स्थानिय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारले प्रस्तुती दिने छन ।
मेलामा मुख्य अाकर्षकाे रूपमा २३ बर्षिय बिश्वकै हाेचा व्याक्ति मनाेज गजुरेललाई समेत निमन्त्रणा गरिएकाे छ यस्तै राष्ट्रिय कलाकारहरू रामचन्द्र काफ्ले, खड्ग गर्वुजा,शान्ती श्रि परियार, बद्रि पंगेनी, मिलन आमात्य,खेम सेन्चुरी,प्रकाश दुतराज,रवि कार्कि,सम्भाेज मल्ल,राम गगन, सुनितामी परियार, शान्तरानी परियार,समीक्षा अधिकारी,अर्जुन सापकाेटा,शिव हमाल,बेनिषा पाैडेल,प्रिति आले,सम्झना भण्डारी,बाल कलाकार सुप्रिम मल्ल ठकुरी, हास्य कलाकार राजेन्द्र गिरी, पुरूषाेतम भण्डारी लगायतका थुप्रै कलाकारहरूकाे प्रस्तुती रहने मेला संयाेजक सुबिन श्रेष्ठले जानकारी गराउनु भएको छ ।












