बैशाख १८ गतेदेखि २४ गतेसम्म कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ हुँने

-


     हिडन खबर    
     चैत्र २५ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा बैशाख १८ गतेदेखि २४ गतेसम्म बृहद् -ब्रह्मयज्ञ हुने भएको छ ।
संसारकै एकमात्र पवित्र कालीगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरकाे उद्घाटन समेत ब्रह्मयज्ञकै अवसरमा गरिने भएको छ ।

नेपालकाे पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम ,गलेश्वरधाम ,कालान्जर पर्वत ,कालीका,मालिका ,पन्चकाेट आदि सुप्रसिद्व तिर्थस्थलहरूकाे मध्यभाग शालंकायन महर्षिकाे तपाेभुमी ,षडाचार्य स्वामी श्रीधराचार्यकाे जन्मभूमि कुँडुलेफेदीमा

नेपालका देवस्थल तीर्थस्थलहरूकाे प्रचारप्रसार ,वैदिक संस्कार संस्कृति संरक्षण गर्ने उदेश्यले श्री बृहद् ब्रह्मयज्ञ गर्न लागेको ऋषि स्वामी प्रपन्नाचार्यले हिडन खबर लाई बताउनुभयो ।

श्रीरंवैकटेश मुक्तिनारायण मन्दिर हाल नेपाली वास्तुशैलीमा श्रीराम अंकित गण्डकी शीलाद्वारा सुन्दर विशाल मन्दिर पुनर्निर्माण र अलाैकिक शालीग्राम संग्रहालय भएको हुदा त्यसको समेत बृहत प्रचारप्रसार गर्ने उदेश्य रहेको प्रपन्नाचार्यले बताउनुभयो ।

बैशाख १८ गतेशाेभायात्र अनुज्ञा प्रार्थना महायज्ञ समुदघाटन, १९ गते सामुहिक विष्णु याग एवं यज्ञ तथा पाठ परायण, २० गते शान्तिहाेम भगवत् प्राण प्रतिष्ठा ,२१ गते भगवद् आराधना जलाधिवास, २२ गते भगवद्त आराधना धान्याधिवास, २३ गते भगवद् आराधना ,शैय्याधिवास ,नेत्राेन्मिलन भगवत् प्राणप्रतिष्ठा र बैशाख २४ गते अभिषेक ,कल्याणाेत्सव पूर्णावती ,ब्रामह्मण र कर्ता सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

यज्ञमा सहभागीताकाेे लागि प्राणप्रतिष्ठा महाेत्सवकाे मूल कर्ता बन्न ५ लाख, सामुहिक विष्णुयाग कर्ताकाे लागि १० हजार, यज्ञशाला हवन कर्ताकाे लागि १ लाख ,श्रीमद् भागवत महापुराणकाे कर्ताकाे लागि २५ हजार ,ब्राह्मण भाेजन एकदिनकाे लागि २५ हजार, वालभाेग एकदिनकाे १५ हजार ,अष्टाेत्तर अर्चनाकाे लागि ५ सय भेटी अर्पण गर्ने व्यवस्था आयोजकले गरेको छ ।