
कास्की । पुस महिनाकाे सिरेठाे फेवातालकाे मनाेरम दृश्य अन्नपुर्ण माछापुच्छ्रेकाे हिमश्रृङखला पाेखरा पर्यटकिय हिसावले महत्वपूर्ण शहर मानिन्छ यही पाेखरालाई गीत संगितका माध्यमबाट पाेखराकाे पहिचानलाई गित संगितकाे माध्यमबाट देश बिदेश भर चिनाउन कलाकारहरू पनि लागि परेका छन ।
भर्खर मात्र लाेकप्रिय गायक राजन कार्कि ,जीवन दाहाल र गायिका शाान्त रानी परियारकाे अाबजमा रहेकाे पाेखरामा घाम लाग्याे रमाईलाे बाेलकाे लाेक दाेहाेरी गितमा बाल कलाकार आरूशी कार्कि र जिनेश दाहालको निकै उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
बागलुङ काठेखाेला गाउपालिका ७ रेशाकी ९ बर्षिय आरूशी कार्कि टिकटकमा निकै भाइरल बनेकी प्रतिभा हुन ।
माया प्रेमकाे एक अन्तरभाबलाई टपक्क टिपेर बनाईएकाे गितकाे शब्द संगित राजन कार्किले गरेका हुन भने गायिका शान्तरानी परियार, जीवन दाहल र स्वयम्ब कार्किकाे अाबजमा रहेकाे गितकाे म्युजिक भिडियाेमा जीवन दाहाल,राजन कार्कि, संगिता क्षेत्री,सपना क्षेत्री,महसुप क्षेत्री, वर्षा क्षेत्री ,राजन सुवेदीलाई देख्न सकिन्छ ।
मनाेहर भण्डारीकाे निर्देशन ,हरि ढकालकाे छाँयाङकन र अमृत चापागाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे राजन कार्कि अफिसियल युटुव च्यानलबाट सार्वजानीक गरिएकाे छ ।









