
बागलुङ, २० पुस– मालिका सेवा समाज बागलुङको साधारण सभा शनिवार विविध कार्यक्रममा साथ सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन अनन्तश्री विभुषित जगदगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालय बाबाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले मालिका सेवा समाजले विभिन्न समाजसेवा संगै धर्म संस्कृतिको क्षेत्रमा पनि काम गर्नुपर्ने वताउनुभयो । सामाजिक विकृति विसंगतिको अन्त्य गर्दै निर्माणाधिन कुवेरधाम, मालिका मन्दिर लगायतका धार्मिक सम्पदाको संरक्षण गर्नका लागि सवै सरोकारवाला जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर – ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, मालिका सेवा समाजका पुर्व अध्यक्ष दुर्गा वहादुर कुँवर पुर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटा, बानपा ६ का पुर्व वडा अध्यक्ष खिमलाल सापकोटा, नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापति रेशमलाल सापकोटा मालिका सेवा समाजको सहसंरक्षक सिता सापकोटा, सदस्य पुण्यप्रसाद सापकोटा,पत्रकार महासघंका उपाध्यक्ष सुवास आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सचिव खडानन्द सापकोटाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल पछि पारित गरिएको थियो । सो अवसरका संस्थालाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने मालिका सेवा समाजका विशिष्ट सदस्य बानपा ५ का गुरु प्रसाद सापकोटा, हिमाल कपि उद्योग विरगञ्ज र डेली स्टेशनरी सप्लायर्स काडमाण्डौ लाई सम्मान गरिएको मालिका सेवा समाजले जनाएको छ ।
कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा रेग्मीको अध्यक्षता, उपाध्यक्ष आनन्द प्रसाद रेग्मीको स्वागत मन्तव्य र सचिव खडानन्द सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













