
बागलुङ ,बागलुङ नगरपालिका वडा नम्बर २ समिट चाेकमा रहेको एक किनारा पसलबाट नगद चाेरी गरेर भागेका दुईजना ब्यक्ति पाेखराबाट पक्राउ परेका छन् ।
बागलुङ बजारमा रहेको मथुरा किराना पसलमा सामान खरिद गर्ने वहानामा प्रवेश गरि पसलको काउन्टर बाट नगद ३५ हजार चाेरी गरेर भागेका निसी खाेला गाउँ पालिका १ का २९ बर्षिय हुमबहादुर मगर ,३५ बर्षिय सुरज थापालाई
वडा प्रहरी कार्यालयले बगरकाे समन्वयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पक्राउ परेका दुईजनालाई अनुसन्धानका लागि जिल्ला अदालत बागलुङमा चाेरी सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।
बागलुङ नगरपालिका २ मा ८४ बर्षिय बृद्व महिला पूर्ण कुमारी शाक्यले संचालन गरेको किनारा पसलमा नगद चाेरी गर्ने दुईजना अभियुक्तलाई प्रहरीले ३ घण्टा भित्र पक्राउ गर्न सफल भएको सुचना अधिकारी यादवले बताए ।









