बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्षमा कांग्रेसका ५ आकांक्षी

-


     हिडन खबर    
     चैत्र २४ गते २०७८ मा प्रकाशित


स्थानीय तहको निर्वाचन जति नजिकिदै छ त्यतित्यति निर्वाचन लड्नका लागि राजनीतिदलका नेता तथा कार्यकर्ता आकांक्षी देखिनेक्रम बढेर गएको छ ।

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनकाे बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्ष बन्नकाे लागि नेपाली कांग्रेस भित्र यतिबेला ५ जना भन्दा बढी कांग्रेसका नेता तथा कार्यकर्ता यसपटक पार्टी बाट टिकट लिनकाे लागि लागि परेको देखिन्छन् ।

बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका क्षेत्रीय सचिव जयराम भारी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दिनेश पन्त ,नेपाली कांग्रेस बागलुङ नगर समितिका सचिव आशिष राजभण्डारी ,नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि लक्ष्मण केसी सनी ,नेपाली कांग्रेस बागलुङ नगरपालिका वडा नम्बर ३ का सभापति रघुराम भारी यसपटक वडा अध्यक्षका लागि आकांक्षी रहेको हिडन खबर लाई बताउनुभयो ।

यसपटक कांग्रेस ,माआ‌ेवादी ,राजमाे ,एकीकृत समाजवादी ,र राष्ट्रिय जनता पार्टी बिच चुनावी गठबन्धन हुने तयारी भइरहेको कारणले पनि चुनाव लड्नका लागि कांग्रेसका नगर समितिका नेताहरूकाे सक्रियता बढेको कांग्रेसका नेताहरू बताउँछन् ।

चुनावी गठबन्धन गर्दा बागलुङ नगरपालिकामा के कसरी भागबन्डा हुने हाे अहिलेसम्म कुनै टुंगो लागिसकेको छैन ,यसपटक गठबन्धन भए निश्चित रूपमा चुनाव जितिने भएको कारणले पनि वडा अध्यक्ष बन्ने आकांक्षी अझै धेरै हुने अनुमान गरिएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा अध्यक्षमा माआ‌ेवादी केन्द्रकाे दाबी रहेको हुदा गठबन्धन के कसरी अगाडि बढ्छ त्यसैमा भर पर्ने देखिन्छ ।