श्री कृष्ण आधारभुत बिधालयको ६४ औँ वार्षिकोत्सव सम्पन्न

-


     हिडन खबर    
     पौष १९ गते २०८१ मा प्रकाशित


बागलुङ ,श्री कृष्ण आधारभुत बिधालयको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रम बिच सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका पूर्व उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द सापकोटाको अध्यक्षता, शिक्षक जयभद्र सापकोटाको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बिधालयको आर्थिक प्रतिबेदन प्रधानाध्यापक दयाराम सापकोटा तथा शैक्षिक प्रतिबेदन शिक्षक घनश्याम रिजाल र स्वागत शिक्षक रेशम बहादुर के.सिले गर्नुभयो।

कार्यक्रममा नगर शिक्षा अधिकृत पुर्ण बहादुर घर्ती, बागलुङ नगरपालिकाका पुर्ब वार्ड अध्यक्ष शिव प्रसाद सापकोटा
बिद्यार्थी आयुष्मा रिजाल , सौगात सापकोटा, अञ्जली थापा, शुभम सापकोटा, अभिभावक शिव आचार्य, मन्जु सापकोटा बिधालय ब्यबस्थापन समिती सदस्यहरु बलराम सापकोटा, चक्रपाणी शर्मा, प्रेम प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा बिधालयले आयोजना गरेको अन्तर बिधालय स्तरीय विभिन्न कार्यक्रममा सहभागी भई प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो। सो अवसरमा आर्थिक सहयोग गर्ने सहयोगि दाताहरुलाइ तथा अक्षयकोष दाताहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सो अबसरमा बिधालयका शिक्षक रेशम बहादुर के.सिले आफ्नो स्वर्गीय पिता प्रेम बहादुर केसिको सम्झनामा, पाच हजार रुपैयाँकाे अक्षयकोष स्थापना गर्नुभएको थियोे ।