
काठमाडौं पुस १३
जेष्ठ नागरिकसंग भलाकुसारी गरेर नयाँ पीढीलाई सन्देश दिने उदेश्यले बागलुङ शाक्य खल:काठमाडौंले राजधानीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शाक्य खल:ले बागलुङका पहिलो चर्च तथा याैन राेग बिज्ञ वीर अस्पतालका चर्च तथा याैन राेगका पूर्व निर्देशक तथा समाजसेवी डाक्टर रामकुमार श्रेष्ठ संग आफ्नो जीवन वृतान्त अन्तरक्रियामा आफ्नो अनुभुती सुनाएका थिए ।
बागलुङ सदरमुकाममा जन्मिएर बागलुङ ,पाल्पा हुदै गाेरखपुर पुगेर शिक्षा लिएका श्रेष्ठले बेलायत पुगेर मेडिकल शिक्षा अध्ययन गरेर बागलुङ अस्पतालमा २०२१/२२ सालतिर सेवा गरेको अनुभव कार्यक्रममा डाक्टर श्रेष्ठले सुनाएका थिए ।
कार्यक्रममा शाक्य खल:का संरक्षक श्रवणलाल शाक्य ,
महिला अधिकारकर्मि गंगा देवी कसजु,बागलुङ समाज काठमाडौंका अध्यक्ष रशुमिला श्रेष्ठ , बागलुङ समाज काठमाडौंका पूर्व अध्यक्ष शत्रुघन श्रेष्ठ लगायतका बक्ताहरूले जेष्ठ नागरिक संगकाे भलाकुसारी नयाँ पीढीलाई खुराकी भएको धारणा राखेका थिए ।
बागलुङ शाक्य खल: काठमाडौंका अध्यक्ष युक्त शाक्यको
अध्यक्षतामा भएको अन्तरक्रियामा शाक्य खल:का उपाध्यक्ष बालकुमार शाक्यको स्वागत र खलःका सचिव कबिन्द्रमान शाक्यकाे संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा शाक्य खलःका शुनिल शाक्यले सम्मानित ब्यक्ति डाक्टर रामकुमार श्रेष्ठको परिचय गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डाक्टर रामकुमार श्रेष्ठलाई उनलेे गरेको याेगदानकाे कदर गर्दै शाक्य समाजले दाेसल्ला माला र मायाको चिनाे बाट सम्मान गरिएको थियो ।
बागलुङ बाट काठमाडौं आएर बसाेबास गरेका शाक्य समुदायले शाक्य समाज काठमाडौं गठन गरेर विभिन्न सामाजिक सेवाको क्षेत्रमा काम गर्ने योजना बनाएको छ ।
समाजमा सामाजिक सेवा मानवीय सेवा शैक्षिक सेवा ब्यवसायीक सेवाको क्षेत्रमा उल्लेखनीय भुमिका खेलेका ब्यक्तिहरूलाई दुई महिनाको एकपटक भुमिकाकाे आधारमा अन्तरक्रिया गर्ने योजना बनाएको खल:का सचिव कबिन्द्रमान शाक्यले बताए ।










