
काठमाडौं ।लोक दोहोरी प्रतिष्ठान सुन्धारा समितिले आयोजना गरेको कलाकार विच सस्थागत भलिबल प्रतियोगितामा विजेता सुन्धारा समिति र उपविजेता उपत्यका काठमाडौं समिति भएका छन ।
मंसिर २७ गते सुरु भएको खेलमा खेलकुद परिषदका सदस्य सचिव टकलाल घिसिङले उद्घाटन गरेका थिए भने सुन्धारा समितिका अध्यक्ष चेतन गोतामेले अध्यक्षता गरेका थिए ।
अर्जुन थापा मगरले शुभकामना मन्तव्य राखेका उक्त कार्यक्रम को समापन तथा पुरस्कार वितरण गरिएको थियो ।
एघार समुहले भाग लिएको उक्त खेलमा विजेता समुहले नगद पचास हजार ट्रफी मेडल र प्रमाण पत्र र उपविजेता समुहले नगद तिस हजार ट्रफी मेडल र प्रमाण प्रमाणपत्र प्रदान गरिएको थियो ।









