बागलुङमा प्रदेश स्तरीय सहिद कप टी–ट्वान्टी क्रिकेट हुने

- प्रतियोगिता बैशाख ६ देखि १० गतेसम्म

-


     हिडन खबर    
     चैत्र २३ गते २०७८ मा प्रकाशित


बागलुङमा प्रदेश स्तरीय शहिद कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला क्रिकेट संघ बागलुङको आयोजनामा आगामी बैशाख ६ गते देखि १० गतेसम्म खेल आयोजना गर्न लागिएको हो ।

बागलुङ नगरपालिका १ बाङगेचौर खेल मैदानमा हुने प्रतियोगितामा ६ समुह सहभागि हुने संघका सचिव फणीन्द्र खड्काले बताउनुभयो ।

प्रतियोगितामा बागलुङका २, पर्वत, कास्की, स्याङजा, तनहुका एक–एक गरि ६ टिम सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा ट्रफि ,मेडल, प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ नगद रहेको छ भने द्वितीय पुस्कारको रुपमा ट्रफि ,मेडल, प्रमाणपत्र सहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद रहेको संघका सचिव खड्काले जानकारी दिनुभयो ।

प्रतियोगीता सम्पन्न गर्न करिब १० लाख ४० हजार बराबरको खर्च हुने अनुमान गरिएको संघका अध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभयो ।